प्रज्जवल थापा । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा श्री कुमारी क्लब र बासबारी क्लब विजयी भएका छन् । बुधबार दिउँसो भएको खेलमा श्री कुमारी क्लबले श्री भागवती क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा कुमारी क्लबलाई जित दिलाउन आशिष राईले ह्याट्रिक सहित चार गोल गर्दा भागवतीको लागि नवराज गुरुङले एक गोल गरे । यस्तै आजै भएको अर्को खेलमा बासबारी क्लबले टुसाल क्लबलाई ३-१ गोलले पराजित गरेको हो ।

तस्बिर:- एन्फा
