च्याम्पियन्स लिगमा आज एटलान्टा र रियल म्याड्रिड भिड्दै

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज इटालियन क्लब एटलान्टा र स्पेनिस महारथी रियल म्याड्रिड भिड्दै छन् । गेविस रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

प्रतियोगिताको सार्वधिक सफल टोली रियल म्याड्रिड आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । घरेलु लिगमा म्याड्रिडले पछिल्लो ४ खेलमा सतप्रतिशत जित निकालेको छ । चोटको कारण टोलीको प्रमुख खेलाडीहरु गुमाएपनि प्रशिक्षक जिदानले युवा खेलाडीबाट धेरै आशा राखेका छन् । रियल समूह ‘बि’ बाट शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो ।

यता एटलान्टापनि घरेलु मैदानमा सकारात्मक नतिजाको अपेक्षामा रहेको छ । सबै प्रतियोगितामा गरि पछिल्लो तीन खेलमा जित हात पारेको एटलान्टा आजपनि सोही नतिजाको अपेक्षामा रहेको छ । एटलान्टा समूह ‘डि’ बाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *