प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज क्याल्टन क्लब बार्सिलोनालाई इल्चेले आफ्नो चुनौती पेश गर्दैछ । क्याम्प नोउमा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै बार्सिलोना विजयी पथमा फर्किन चाहन्छ । पछिल्लो खेलमा काडिजसँग बराबरीमा रोकिएको बार्सिलोना शिर्ष स्थानको एथ्लेटिको म्याड्रिड भन्दा ८ अङ्कले पछि छ । हाल बार्सिलोना २३ खेलमा ४७ अङ्क जोड्दै चौथो स्थानमा रहेको छ ।
यता इल्चेपनि आजको खेलमा सकारात्मक नतिजा निकाल्दै रेलिगेसन क्षेत्रबाट बाहिर निस्किन चाहन्छ । हाल इल्चे २२ खेलमा २१ अङ्क जोड्दै लिगको १८ औं स्थानमा रहेको छ । सबै प्रतियोगितामा गरि इल्चेले पछिल्लो ५ खेलमा मात्र एक जित निकालेको छ ।
दुई टोलीबिच भएको पछिल्लो ८ भेटमा ७ खेल बार्सिलोनाले जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।
