एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनल विजयी भएको छ । शनिबार राति भएको खेलमा एभर्टनलाई २-० गोलले हराउँदै आर्सनलले शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेस र म्याक्स डोवम्यानले समान एक/एक गोल गरे । बराबरीतर्फ लम्किएको खेलको ८९ औँ मिनेटमा ग्योकेरेसले गोल गर्दै आर्सनललाई शुरूवाती अग्रता दिलाएका थिए । यस्तै इन्जुरी समयको सातौँ मिनेटमा डोव्म्यानले गोल गर्दै आर्सनललाई २-० गोलको जित दिलाएका हुन् ।
जितसँगै आर्सनल ३१ खेलबाट ७० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको एभर्टन ४३ अंकको साथ आठौँ स्थानमा रहेको छ ।
