गगन–विश्वले जस्तै एमालेमा ओली हटाउन खुला अभियान चलाउने आँट छ ?

ऋषि कट्टेल ।

सामान्यतया दलहरु बहस, विवाद, संघर्ष गर्ने केन्द्रनै हुन् । दलभित्र सत्ता संघर्ष पनि हुन्छ नै । यो सत्यलाई स्वीकार गरेरनै दलहरुले आआफ्नो दल संचालन गर्ने पद्दती, विधान नियमावली बनाएका हुन्छन् । अझ कम्युनिष्ट पार्टीमा त विद्रोहलाई अधिकारको रुपमा मान्यता दिएको छ । विद्रोहको अधिकारको मतलब हो त्यो पार्टीमा रहँदासम्म त्यसको विधान अनिवार्य मान्य हुनुपर्दछ । यदि मान्न सकिँदैन भने विद्रोह उसको अधिकार हो । यो नियमअनुसार हेर्दा नेपाली काँग्रेस र एमालेमा चलिरहेको अन्तरविरोध कति युक्तिसंगत छ भन्ने प्रश्न राजनीतिक तहमा निकै चर्चामा छ । यो स्वभाभिक पनि हो । किनकी यी दुई दल संसदका दोस्रो तेस्रो ठूला दल हुन् । २०४७ पछि सत्ता यिनीहरुकै हातमा घुमिरहेको छ । काँग्रेसभित्र चलिरहेको संघर्ष स्वाभाविक देखिन्छ । गगन पक्षले विधानको धारामा टेकेको भनिए पनि त्यो विद्रोहनै हो ।

एमाले भित्र चलिरहेको संघर्ष भने कहीँकतै युक्तिसंगत देखिँदैन । यिनीहरुमा विचारमा भिन्नता देखिँदैन । केवल एउटै मुद्दा देखिन्छ ओली हटाउ । काँग्रेसमा मुद्दा बनेको थियो पुराना हटाउ । ओली कसरी हट्छन् ? एमाले विधान पढ्दा ओली दुई कारणले मात्र हट्न सक्दछन् । एउटा विशेष माहाधिवेशनबाट र दोस्रो अनुशासनको कार्बाही गरेर । केन्द्रीय समितिको निर्णयलेसम्म हटाउन सक्ने प्रावधान छैन । अनुशासनको कार्बाही गर्न पनि त अनुशासनसँग सम्बन्धित धारा आकर्षण हुनुपर्यो । ओली हटाउने एउटैमात्र बाटो छ विशेष माहाधिवेशन । अन्यथा यदि त्यही पार्टीमा बस्ने हो भने अर्को माहाधिवेशन पर्खनुको विकल्प देखिँदैन ।

विष्णु, शंकर, योगेश, कर्ण आदिका नाम ओली हटाउ अभियानका अभियन्ताको रुपमा सार्वजनिक भएका छन् । गगन–विश्वहरुले खुला आह्वान गरेर विशेष अधिवेशन गरे । के तिमीहरुमा त्यो आँट छ ? छ भने खुला अभियान चलाउ । सक्दैनौ भने विद्रोहको घोषणा गर । अन्यथा यो गाईजात्रा देखाएर जग हँसाएर न तिमीहरुको न तिम्रो पार्टीको हित हुन्छ । जे गरे पनि सच्चाई केहो भने मदन भण्डारीको वहुदलजनवादको विसर्जनवादी थाङ्नो मिल्काउने आँट गरेनौ भने तिम्रो पार्टी कम्युनिष्ट पार्टी त रहेको छैन नै संसदीय अस्तित्व पनि रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *