काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी सत्ता र राज्यसत्ताको नेतृत्वबीच द्वन्द्व हुन सक्ने संकेत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बास्कोटाले निर्वाचनमा जनताले व्यवस्था नभए पनि बालेन साहलाई सोझै प्रधानमन्त्रीका रूपमा चुनेको टिप्पणी गरेका छन् । उनले रास्वपा सभापति रवि लामिछाने चार वर्षसम्म प्रधानमन्त्री बालेनका ‘साक्षी मात्र’ हुने दाबी गरेका छन् ।
बास्कोटाले पार्टी सत्ता र राज्यसत्ताको नेतृत्वबीचको द्वन्द्वमा पार्टी नेतृत्व पराजित भएका उदाहरण नेपाली राजनीतिमा यसअघि पनि रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘चुनावमा जनताले व्यवस्था नभए पनि बालेनलाई सोझै प्रधानमन्त्री चुनेका हुन् । तसर्थ चार वर्ष रवि बालेनको साक्षी मात्र हुन् । र,यो नयाँ होइन । पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व द्वन्द्वमा पार्टी हारेको इतिहास छ । बीपी मातृकादेखि आजसम्म–यत्रतत्र सर्वत्र।’
