काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा मुख्य न्यायाधीश सहित ६ जना घाइते भएका छन् ।
काठमाडौँबाट हेटौँडातर्फ गइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको हो ।
एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ । गाडीमा मुख्य न्यायाधीश र उनका पारिवारिक सदस्यहरू रहेको बताइएको छ ।
