मकवानपुरमा जिप दुर्घटनामा घाइते मुख्य न्यायाधीशसहित ४ जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार हुँदै

काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा जिप दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी घाइतेहरुलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो । दुर्घटनामा उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीशसहित चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *