काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् ।
सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए । विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै नआएपछि उनी अनसोल्ड भएका हुन् ।
अन्तिम चरणमा टिमलाई खेलाडी रोज्न दिइएको भएपनि उनलाई कुनै पनि टिमले लिन इच्छुक देखिएनन् ।
