सहिद स्मारक एन्फा महिला लिगको खेलतालिका सार्वजनिक

काठमाडौं । सहिद स्मारक एन्फा महिला लिगको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले बिहीबार लिगको खेलतालिका सार्वजनिक गरेको हो ।

चैत्र ४ गतेदेखि हुने प्रतियोगितामा १० टोलीले सहभागिता जनाउनेछन् । लिगमा तीन विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लबसहित न्युरोड टिम, बागमती युथ क्लब, राप्ति एफसी, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा फूटबल क्लब र संकटा एफसी प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो खेलमा चैत्र ४ गते न्युरोड टिम र संकटा एफसी भिड्नेछन् । यस्तै १२ वैशाख २०८३ मा हुने लिगको अन्तिम खेलमापनि न्युरोड टिम र त्रिभुवन आर्मी फूटबल क्लब प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *