आज युभेन्टस र क्रोटोने भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज साविक विजेता युभेन्टस र क्रोटोने भिड्दै छन् । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै युभेन्टस विजयी पथमा फर्किन चाहन्छ । युभेन्टसले लगातार पछिल्लो दुई खेलमा हार बेहोरेको थियो । गत हप्ता नेपोलीसँग १-० गोलले स्तब्ध भएको युभेन्टस बुधबार च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्टोसँग २-१ गोलले पराजित भएको थियो । शिर्ष स्थानमा इन्टर मिलानसँग अङ्क दुरि घटाउनपनि युभेन्टसलाई जित्नैपर्ने दबाब रहेको छ । हाल युभेन्टस २१ खेलमा ४२ अङ्क जोड्दै छैटौं स्थानमा रहेको छ । जुन शिर्ष स्थानको इन्टरको भन्दा ११ अङ्क कम हो ।

यता क्रोटोनेले पनि लिगको पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । त्यसैले आजको खेलमा क्रोटोने अप्रत्याशित जितको खोजीमा रहेको छ । हाल क्रोटोने २२ खेलमा १२ अङ्क जोड्दै लिगको पुछारमा छ । दुई टोलीबिच भएको पछिल्लो ५ भेटमा ३ खेल युभेन्टसले जितेको थियो भने २ खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *