पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार दिउँसो भएको क्वाटरफाइनल खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडलाई १-० गोलले हराउँदै मनाङले सेमिफाइनलमा साहारा क्लबसँग भेट पक्का गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन आशिष श्रेष्ठ एक गोल गरे । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको १ सय ५ औँ मिनेटमा आशिषले निर्णायक गोल गर्दै मनाङलाई सेमिफाइनलमा डोर्याएका हुन् ।
