एन्फा महिला च्याम्पियनसिपमा एपीएफको १९ गोल !

उदयपुर । एन्फा महिला च्याम्पियनसिपमा विभागीय टोली नेपाल एपीएफ क्लबले फराकिलो जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा आर एस रिसोर्ट एण्ड बीच फूटबल पोखरालाई १९-० गोलले हराउँदै एपीएफले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

थारुहाट स्टेडियममा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले ११ गोल गर्दा अनिता केसीले ह्याट्रिक पूरा गरिन् । यस्तै सरु लिम्बू, निशा ठोकर, गीता राना, मन माया दमै र हिमा रावतले समान एक/एक गोल थपे । एपीएफले पहिलो हाफमा सात र दोस्रो हाफमा १२ गोल गरेको हो ।

अब एपीएफले सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा एफसीबीच हुने क्वाटरफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *