कोरोनाका १ सय ३३ संक्रमित थपिए, १०७ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टमा नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले दिएको जानकारी अनुसार ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण पुष्टी भएको हो ।


त्यस्तै २४ घण्टमा १ सय ७ जना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *