युरोपा लिगमा म्यान्चेस्टर युनाइटेडको फराकिलो जित

प्रज्जवल थापा । युरोपा लिगमा म्यान्चेस्टर युनाइटेडले फराकिलो जित हात पारेको छ । गएराति भएको अन्तिम ३२ को पहिलो लेगमा युनाइटेडले रियल सोसिडाडलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

सोसिडाडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा मार्कुस रासफोर्ड र डानियल जेम्सले एकरएक गोल गरे । खेलको २७ औं मिनेटमा रासफोर्डको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए । पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप तीन गोल गर्यो ।

५७ औं मिनेटमा डानियल जेम्सको पासमा ब्रुनो फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ६५ औं मिनेटमा फ्रेडको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई सहज जिततर्फ अगाडि बढाएका थिए । खेलको अन्तिम मिनेटमा इरिक बेलिको पासमा डानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ४(० गोलको फराकिलो जित दिलाए ।

यस्तै ओल्ड ट्राफोर्डमा हुने दोस्रो लेग फेब्रुअरी २५ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *