महिला लिगमा एपिएफ र बिराटनगर भिड्दै

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा आज विभागीय टोली नेपाल एपिएफ क्लब र बिराटनगर महानगरपालिका मोरङ भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

मुख्य खेलाडी सावित्रा भण्डारीबिना मैदान उत्रिदा एपिएफ आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । सावित्रा सोमबार नेपाल पुलिस क्लब विरुद्व भएको खेलमा विपक्षी गोलरक्षक उषा नाथसँग ठोक्किदा चोट बोकेकी थिइन् । उक्त चोटको करण उनी झण्डै एक वर्ष मैदान बाहिर रहनेछिन् । हाल एपिएफ १० खेलमा सतप्रतिशत जित निकाल्दै ३० आङ्कको साथ शिर्ष स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा एपिएफ एक खेल अगावै लिग च्याम्पियन बन्नेछ ।

यता बिराटनगर आफ्नो अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ । हाल बिराटनगर ११ खेलमा १६ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा दुई विभागीय क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो १२ बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *