एजेन्सी । फरवार्ड इर्लिंङ ब्राउट हालान्डको दुई गोलको मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा हेस्ट हामलाई ३-० गोलले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन हालानडले दुई गोल गर्दा टिजानी रेज्न्डर्सले एक गोल गरे । खेलको पाँचौ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई शुरूवाती अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा रेज्न्डर्सले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
६९ औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी सहज जिततर्फ अगाडि बढेको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी ३-० गोलले विजयी भएको हो ।
जितसँगै सिटी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट १३ अंक जोडेको वेस्ट हाम १८ औँ स्थानमा रहेको छ ।
अन्य खेलको नतिजा
न्युक्यासल युनाइटेड २-२ चेल्सी
बर्नामाउथ १-१ बर्नली
ब्रिघटन ०-० सन्डरल्याण्ड
वोल्भ्स ०-२ ब्रेन्टफोर्ड
टोटेन्हाम १-२ लिभरपुल
एभर्टन ०-१ आर्सनल
लिड्स ४-१ क्रिस्चल प्यालेस
