पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो । जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो ।

भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला भएको थियो । सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *