म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाइटेड वेस्ट ब्रोमविचसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको दोस्रो मिनेटमै कोनेर गल्लाघेरको पासमा म्बाय डियाग्नेले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ४४ औं मिनेटमा लुके सहको पासमा ब्रुनो फेर्नान्डेजले गोल गर्द युनाइटेडलाई बराबरीमा ल्याए ।

बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे । बराबरीसँगै युनाइटेड २४ खेलमा ४६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *