प्रज्जवल थापा । रश्मी घिसिङको ह्याट्रिकको सहयोगमा त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिगमा फराकिलो जित निकालेको छ । आईतवार दिउँसो भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मी लाई जित दिलाउन रश्मी घिसिङले चार गोल गर्दा विमला चौधरीले दुई गोल थपिन् । चन्द्रपुरकी रजनी थोकरले गरेको गोल सान्तवना सिमित रह्यो ।
जितसँगै आर्मी १० खेलमा २५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
तस्बिर:- एन्फा
