प्रज्जवल थापा । साविक विजेता युभेन्टस नेपोलीसँग स्तब्ध भएको छ । इटालियन लिग सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस नेपोलीसँग १-० गोलले स्तब्ध भएको हो ।

घरेलु मैदानमा भएको खेलमा नेपोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले पहिलो हाफमा गरेको गोल निर्णयक बन्यो । खेलको ३१ औं मिनेटमा इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । चिलिनीले विपक्षी खेलाडीलाई पेनाल्टी क्षेत्रमा हातले हानेपछि पाएको पेनाल्टीमा इन्सिग्नेले कुनै गल्ती गरेरन् ।
युभेन्टसले पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । जितसँगै नेपोली २१ खेलमा ४० अङ्क जोड्दै चौथो स्थानमा रहेको छ । समान खेलमा ४२ अङ्क जोडेको युभेन्टस तेस्रो स्थानमा छ ।
