शीर्ष स्थानमा अंक बढाउँदै आर्सनल

एजेन्सी । इबेरेची इजेले ह्याट्रिक पूरा गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटेन्हाम हट्स्परलाई ४-१ गोलले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा इजेले ह्याट्रिक पूरा गर्दा लेनार्द्रो ट्रोसार्डले एक गोल थपे । टोटेन्हामको लागि रिचार्लिसनले एक गोल फर्काए । खेलको ३६ औँ मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई शूरुवाती अग्रता दिलाएका थिए ।

४१ औँ मिनेटमा इजेले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । दोस्रो हाफको शुरूवातमै इजेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई सहज जिततर्फ अगाडि बढाएका थिए । ५५ औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटेन्हामलाई ३-१ गोलको स्थितिमा ल्याएका थिए ।

७६ औँ मिनेटमा इजेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर टोलीलाई ४-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै आर्सनल १२ खेलबाट २९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट १८ अंक जोडेको टोटेन्हाम नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *