कोलम्बिया विश्वकपको अन्तिम १६ मा, घाना बाहिरियो

काठमाडौं । कोलम्बिया फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा पुगेको छ । शनिवार बिहान भएको अन्तिम ३२ को अन्तिम खेलमा घानालाई १-० गोलले पाखा लगाउँदै कोलम्बिया अन्तिम १६ मा पुगेको हो ।

कान्सास सिटी स्टेडियममा भएको खेलमा घानालाई जित दिलाउन झोन एरिआसले निर्णायक गोल गरे । पहिलो हाफको १४ औँ मिनेटमा एसिआसले गरेको गोलनै टोलीको जितमा निर्णायक बन्यो ।

जितसँगै अन्तिम १६ मा पुगेको कोलम्बियाले अन्तिम ८ प्रवेशको लागि स्विट्जरल्यान्डको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *