प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी पराजित भएका छन् । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुल नोट्टिन्हाम फरेस्टसँग ३-० गोलले पराजित भएको हो ।

एनफिल्डमा भएको खेलमा फरेस्टलाई जित दिलाउन मुरिल्लो, निकोलो साभोना र मोर्गान गिब्स-ह्वाइटले समान एक/एक गोल गरे । खेलको ३३ औँ मिनेटमा मुरिल्लोले गोल गर्दै फरेस्टलाई शुरुवाती अग्रता दिलाएका थिए । ४६ औँ मिनेटमा निकोलोले गोल गर्दै फरेस्टको अग्रता दोब्बर बनाए ।

यस्तै ७८ औँ मिनेटमा गिब्स ह्वाइटले गोल गर्दै फरेस्टलाई ३-० गोलको जित दिलाएका हुन् ।

जितसँगै फरेस्ट १२ खेलबाट १२ अंक जोड्दै तालिकाको १६ औँ स्थानमा उक्लिएको छ । समान खेलबाट २२ अंक जोडेको सिटी तेस्रो स्थानमा रहेको छ ।

गएरातिनै भएको अर्को खेलमा सिटी न्युक्यासल युनाइटेडसँग २-१ गोलले पराजित भएको हो । न्युक्यासलको लागि हार्भे बार्नेसले दुई गोल गर्दा सिटीको लाग्गी रुबिन डियासले एक गोल फर्काए ।

जितसँगै न्युक्यासल १२ खेलबाट १५ अंक जोड्दै तालिकाको १४ औँ स्थानमा उक्लिदा समान खेलबाट २२ अंक जोडेको सिटी तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *