गण्डकीलाई टाइगर कपको उपाधी

प्रज्जवल थापा । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकीले प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा भएको रोमाञ्चक खेलमा गण्डकीले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

घरेलु टोली गण्डकीले पहिलो सेट २५-२२ ले जितेको थियो । दोस्रो सेट आर्मीले २५-२१ ले जित्दै खेलमा फर्किएको थियो तर तेस्रो सेटमा गण्डकीले ३२-३० ले जित्दै २-१ को अग्रता लिएको थियो । चौथो सेटमा आर्मीले २५-२३ ले जित्दै खेलमा पुनरागमन गरेपछि खेल पाँचौ सेटसम्म धकेलिएको थियो ।

घरेलु दर्शकको राम्रो साथ पाएको गण्डकीले पाँचौ सेट १५-११ ले जित्दै उपाधी आफ्नो पोल्टामा पारेको हो । उपाधिसँगै गण्डकीले १ लाख ५० हजार नगद प्राप्त गरेको छ भने उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुजायो ।

यस्तै महिला तर्फको उपाधि भने नेपाल पुलिस क्लबले उचालेको छ । शनिबारनै भएको फाइनल खेलमा पुलिसले नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

तस्बिर:- हाम्रो खेलकुद डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *