एपिएफको लगातार नवौं जित, सावित्राको सातौं ह्याट्रिक

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा एपिएफले लगातार नवौं जित निकाल्दा सावित्रा भण्डारीले प्रतियोगिताको सातौं ह्याट्रिक पुरा गरेकी छिन् । शनिबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले वालिङ नगरपालिका स्याङ्जालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा सावित्राले ५ गोल गर्दा प्रिती राईले एक गोल थपिन् । एपिएफले पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको सातौं मिनेटमा शरु लिम्बुको पासमा सावित्राले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । १६ औं मिनेटमापनि शरुकै पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाईन् ।

२० औं मिनेटमा अनिताको क्रसमा सावित्राले गोल गर्दै ह्याट्रिक पुरा गरिन् । उनको यो लिगको सातौं ह्याट्रिक हो । पहिलो हाफको अतिरिक्त समयमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी प्रिती राईले गोल गर्दै पहिलो हाफमा एपिएफलाई ४-० गोलको अग्रता दिलाईन् । ६४ औं मिनेटमा अनिता केसीको पासमा सावित्राले व्यक्तिगत चौथो गोल गरिन् ।

यस्तै दोस्रो हाफको अतिरिक्त समयमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दै एपिएफलाई ६-० गोलको फराकिलो जित दिलाइन् । जितसँगै एपिएफ ९ खेलमा सतप्रतिशत जित निकाल्दै २७ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ । यससँगै एपिएफ उपाधिको एक कदम नजिक पुगेको छ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *