प्रिमियर लिगमा आज म्यान्चेस्टर सिटी र टोटेन्हाम भिड्दै

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज दुई ठुला क्लब म्यान्चेस्टर सिटी र टोटेन्हाम भिड्दै छन् । इतिहाद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ११:१५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा सिटी आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । सबै प्रतियोगितामा गरि सिटि पछिल्लो २२ खेलमा अपराजित रहेको छ । गत नोभेम्बरमा टोटेन्हामसँग २-० गोलले पराजित भेएयता सिटीले हार चाखेको छैन । लिगमा म्यान्चेस्टर सिटी २२ खेलमा ५० अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ ।

यता टोटेन्हाम आजको खेल जित्दै सिटीको अपराजित यात्रालाई पुर्णविराम लगाउन चाहन्छ । लिगको शुरुवातमा शिर्ष स्थान कब्जा गरेको टोटेन्हाम अहिलेभने ओरालो लागेको छ । पछिल्लो ५ खेल मध्य चार खेलमा पराजित भएको टोटेन्हाम आफैलाईपनि आजको खेल जित्न दबाब रहेको छ । टोटेन्हाम हाल २२ खेलमा ३६ अङ्क जोड्दै लिगको आठौं स्थानमा रहेको छ ।

दुई टोलीबिच भएको पछिल्लो २४ खेलमा १४ खेल सिटीले जितेको छ भने ७ खेल टोटेन्हामले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *