लिभरपुललाई लेस्चरको चुनौती

प्रज्जवल थापा । साविक विजेता लिभरपुललाई आज लेस्चर सिटीले आफ्नो चुनौती पेश गर्दैछ । इङलिस प्रिमियर लिग अन्तर्गत हुने खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरु हुने छ ।

घरेलु मैदान किङ पावर रंगशालामा हुने खेल जित्दै लेस्चर सिटी लिगमा थप बलियो बन्न चाहन्छ । हाल सिटी २३ खेलमा ४३ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत पछिल्लो खेलमा वोल्भससँग बराबरीमा रोकिएको लेस्चर आजको खेलको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य साथ मैदान उत्रिनेछ ।

यता लिभरपुलपनि आजको खेल जित्दै विजयी पथमा फर्कन चाहन्छ । लिगको पछिल्लो खेलमा लिभरपुलले घरेलु मैदानमा म्यान्चेस्टर सिटीसँग ४-१ लज्जास्पद हार बेहोरेको थियो । घरेलु लिगको पछिल्लो दुवै खेलमा लिभरपुल पराजित भएको थियो । हाल लिभरपुल २३ खेलमा ४० अङ्क जोड्दै लिगको चौथो स्थानमा छ ।

दुई टोलीबिच भएको पछिल्लो १५ खेलमा १० खेल लिभरपुलले जितेको थियो भने ३ खेल लेस्चर सिटीले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *