प्रज्जवल थापा । इटालियन लिग सिरि ए अन्तर्गत आज हुने खेलमा नेपोली र युभेन्टस भिड्दै छन् । डिएगो अर्मान्डो म्याराडोना रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै नेपोली विजयी पथमा फर्कन चाहन्छ । नेपोली एटलान्टासँग ३-१ गोल अन्तरले पराजित हुँदै कोपा इटालियाबाट बाहिरिएको थियो । घरेलु लिगमा नेपोली २० खेलमा ३७ अङ्क जिड्दै छैटौं स्थानमा छ । लिगको पछिल्लो खेलमापनि नेपोली जिनिआसँग २-१ गोलले पराजित भएको थियो ।
यता युभेन्टस आजको खेल जित्दै शिर्ष स्थानको एसी मिलानसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल युभेन्टस २० खेलमा ४२ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । जुन शिर्ष स्थानको मिलानको भन्दा ७ अङ्क कम हो । युभेन्टस आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।
नेपोली र युभेन्टसबिच भएको पछिल्लो २८ खेलमा १४ खेल युभेन्टसले जितेको छ भने ९ खेल नेपोलीले आफ्नो पोल्टामा पारेको थियो ।
