काठमाडौँ । यस वर्षको एमविविएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर-९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।
सोही कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद ५१ हजारसहित सम्मान गरेका हुन् ।
यसैगरी कलेजले एमविविएस प्रवेश परीक्षाका छात्रवृत्तिसहित उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरू पुष्पराज तिम्सिना र श्रुति वर्णवाललाई पनि सम्मान गरेको छ ।
