सर्वोच्चद्वारा निगम अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गर्ने फैसला सुनाएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले नियुक्ति बदर गरेको हो । निगम सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयसमेत ५ जनालाई विपक्षी बनाएर असार ३२ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

निगम सञ्चालक समिति सदस्यको नियुक्तिमा योग्यताक्रमको पहिलो नम्बरमा रहेका कार्कीलाई अध्यक्ष नबनाई सरकारले योग्यताक्रममा पछाडि परेका श्रेष्ठलाई जिम्मेवारी दिएको भन्दै उक्त रिट दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *