फिल्म ‘जारी २’ को प्रदर्शन स्थगित

काठमाडौं । नेपाली फिल्म ‘जारी २’ को प्रदर्शन स्थगित गरिएको छ । आगामी असोज ३ गतेको रिलिज हुने भएको फिल्म अब तोकिएको मितिमा रिलिज नहुने भएको हो ।

जेनजी आन्दोलनले पारेको प्रभावका कारण फिल्मको रिलिज मिति सारिएको निर्माण टिमले जनाएको छ । बाँसुरी फिल्मसले विज्ञप्ति जारी गरी जेनजी आन्दोलन र त्यसपछि सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख गरेको छ ।

निर्देशक तथा लेखक उपेन्द्र सुब्बा निर्देशित यो फिल्म हिट फिल्म ‘जारी’ को सिक्वेल हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *