काठमाडौं । चलचित्र ‘जलाकी’को गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । गीतमा एसडी योगी र अन्जु पन्तको स्वर छ । सुरेन्द्र रानाको शब्द रहेको गीतको संगीत निर्देशकमा एसडी योगी छन् ।
अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्रको गीतको भिडियोमा कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । शैलेन्द्र डी. कार्कीले छायांकन गरेको चलचित्र मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ ।
