दयाहाङ विराटनगरको ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सले आफ्नो गुडविल एम्बेसडरको रुपमा कलाकार दयाहाङ राईलाई नियुक्त गरेको छ ।

विराटनगरले आइतबार एक कार्यक्रमकाबीच दयाहाङलाई गुडविल एम्बेसडरको रुपमा सार्वजनिक गरेको हो ।

विराटनगरले दयाहाङसँग एक वर्षको लागि सम्झौता गरिएको बताइएको छ । नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरको प्रशिक्षकमा आयरल्यान्डका केभिन ओ’ब्रायन प्रशिक्षक छन् ।

एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *