बार्सिलोनाको संघर्षपूर्ण जित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितको लागि कप्तान लियोनल मेस्सीले गरेको एक मात्र गोल पर्याप्त बन्यो । खेलको ७६ औँ मिनेटमा फ्रेन्की डिजोङको पासमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडी बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि बार्सिलोना १-० गोल अन्तरले विजयी भएको हो ।

जितसँगै बार्सिलोना ११ खेलमा १७ अङ्क जोड्दै लिगको आठौँ स्थानमा उक्लिएको छ । पराजित लेभान्टे १२ खेलमा ११ अङ्क जोड्दै १८ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *