प्रज्जवल थापा । गौतम बुद्व कपको दोस्रो खेलमा राप्ती टिम विजयी भएको छ । आइतबार दिउँसो भएको प्रतियोगिताको दोस्रो खेलमा राप्तीले बागमतीलाई ११ रनले पराजित गरेको हो । बागमतीको यो लगातार दोस्रो हार हो ।
भरतपुर स्थित निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा १३० रनको विजयी लक्ष्य पक्ष्याएको बागमती १९.४ ओभरमा अलआउट हुँदै ११८ रन मात्र बनाउन सक्यो । बागमतीको लागि सोमपाल कामीले सार्वधिक ३५ रन जोडे । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै अनिल शाहले १८ बलमा २ छक्का र १ चौकाको मद्द्तमा २२ रन जोडे । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले १३, सुनिल धमलाले ११ र पवन सराफले ११ रनको योगदान गरेपनी बागमतीको जितको लागि पर्याप्त भएन ।
राप्तीको लागि जितेन्द्र मुखिया, कमल सिंह एरी, भुवन कार्की अभिनाश बोहोराले समान २-२ विकेट लिँदा शुर्य तमाङले एक विकेट लिए ।
यसअघी टस हारेर ब्याटिङ गर्न उत्रिएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनायो । राप्तीको लागि अमित श्रेष्ठल्र सार्वधिक २६ रन जोडे । उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान विनोद भण्डारी र शरद भेष्वाकरले समान २१ रन जोड्दा कमल सिंह एरीले १६ र लोकेश बमले १५ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
बागमतीको लागि सागर ढकाल, रसिद खान र सोमपाल कामिले २/२ विकेट लिँदा बिक्रम सोब र ललित राजावंशीले एक-एक विकेट लिए । प्रतियोगिता अन्तर्गत सोमबार राप्ती र नारायणी बीच खेल हुनेछ। मंगलबार दुवै टिम बीच फाइनल खेलपनी हुनेछ।
