म्यान्चेस्टर डर्बी बराबर

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी गोल रहित बराबरी खेलेका छन् ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको डर्बी खेलमा दुवै टोलीले पाएका अवसर गोलमा परिणत गर्न नसक्दा अङ्क बाढ्न बाध्य भए । खेलको ११ औँ मिनेटमा सहको क्रनरमा लिन्डेलोफको हेडिङ पोस्टको दिशा लिन सकेन । २५ औँ मिनेटमा माहरेजको पासमा सिटीका जेससले गरेको प्रहार पोस्ट माथिबाट बाहिरियो । ३१ औँ मिनेटमा सहको क्रनरमा मागुएरको हेडिङ पोस्ट माथिबाट बाहिरियो ।

३५ औँ मिनेटमा माहरेजको प्रहार युनाइटेडका गोल रक्षक डि जियाले उत्कृष्ट बचाउ गरे । ४७ औँ मिनेटमा सिटिका वाल्करले रासफोर्डलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछी रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिएका थिए । तर फर्नाडेजले क्रस गर्दा रासफोर्ड अफसाइडमा रहेका कारण पेनाल्टीले मान्यता पाएन ।

बाँकी समयमा दुवै टोलीले गोल गर्न नसक्दा समान १/१ अङ्क बाढे। बराबरीसँगै युनाइटेड ११ खेलमा २० अङ्क जोड्दै आठौँ स्थानमा छ भने सिटी १९ अङ्कको साथ नवौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *