म्यान्चेस्टर डर्बीमा सिटी र युनाइटेड भिड्दै

प्रज्जवल थापा । म्यान्चेस्टर डर्बीमा आज म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी भिड्दै छन् । खेल नेपाली समय अनुसार राती ११:१५ बजे शुरु हुनेछ ।

ओल्ड ट्राफोर्डमा हुने खेल जित्दै दुवै टोलीले शिर्ष स्थानमा रहेको टोटेन्हामसँग अङ्क दुरी घटाउन चाहन्छन् । लिगमा खराब शुरुवात गरेका दुवैले अहिले भने आफ्नो लय समातेका छन् । हाल म्यान्चेस्टर युनाइटेड १० खेलमा १९ अङ्क जोड्दै सातौँ स्थानमा छ भने सिटी १० खेलमा १८ अङ्क जोड्दै लिगको आठौँ स्थानमा छ ।

घरेलु मैदानमा भने युनाइटेडले गतिलो प्रदर्शन गर्न सकेको छैन । घरेलु लिग अन्तर्गत ओल्ड ट्राफोर्डमा भएको अन्तिम ५ खेलमा युनाइटेडले मात्र एक जित निकालेको छ । ठिक विपरीत अवे मैदानमा भने ५ खेलमा सतप्रतिशत जित निकालेको छ । युनाइटेड गत मंगलबार लिपजिकसँग पराजित हुँदै च्याम्पियन्स लिगको समुहचरणबाटै बाहिरिएको थियो ।

यता म्यान्चेस्टर सिटी भने च्याम्पियन्स लिगमा अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको थियो । घरेलु लिग अन्तर्गत पछिल्लो अवे खेलमा सिटी टोटेण्हामसँग २-० गोल अन्तरले पराजित भएको थियो । युनाईटेड र सिटीबिच भएको पछिल्लो २७ खेलमा दुवै टोलीले समान १२ खेलमा जित्दा ३ खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *