फिफा “द बेस्ट” को अन्तिम मनोनयनमा रोनाल्डो र मेस्सी सहित लेवान्डोस्की

प्रज्जवल थापा । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको बेस्ट खेलाडीको अन्तिम मनोनयनमा सार्वजनिक गरेको छ ।

फिफाले शुक्रबार सार्वजानिक गरेको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की परेका छन् । पोर्चुगिज स्टार रोनाल्डोले गत सिजन युभेन्टसलाई घरेलु लिग जिताउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । साथै उनी लिगको उत्कृष्ट खेलाडीपनि चुनिएका थिए ।

यता लियोनल मेस्सीले बार्सिलोनालाई कुनै उपाधी दिलाउन नसकेपनि व्यक्तिगत प्रदर्शनको आधारमा अन्तिम मनोनयनमा परेका हुन् । यस्तै पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको लागि भने २०१९/२० सिजन अविश्वसनीय रह्यो । उनले बार्यनलाई युईएफए च्याम्पियन्स लिग सहित ट्रिबल जिताउन महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

सन् २०१९ जुलाई २० देखि २०२० अक्टोबर ७ सम्मको प्रदर्शनको आधारमा ११ खेलाडीको मनोनयनबाट उत्कृष्ट ३ छानिएको फिफाले जनाएको छ । ‘द बेस्ट’ खेलाडीको घोषणा डिसेम्बर १७ मा जुरिचमा हुनेछ ।

गत वर्ष फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *