प्रज्जवल थापा । इङलिस क्लब आर्सनलले युरोपा लिगमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ बिहिबार राती भएको समूह चरणको अन्तिम खेलमा आर्सनलले डुन्डाल्कलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
डुन्डाल्कको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन एड्वार्ड एनकेतिह, मोहमेद एल्नेय, जोसेप विल्लक र फोलारिन बालोगुनले एक-एक गोल गरे । डुन्डालको लागि जोर्डान फ्लोरेस र सेन होरेले समान एक-एक गोल गरेपनी जितको लागि पर्याप्त भएन । खेलको १२ औँ मिनेटमा एड्वार्ड एन्केतिहको गोलमा आर्सनलले अग्रता लिएको थियो ।
१८ औँ मिनेटमा इम्ले स्मिथ रोवेको पासमा मोहमेद एल्नेयले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । २२ औँ मिनेटमा मिचेल डुफ्फेको पासमा जोर्डान फ्लोरेसल्व गोल गर्दै डुन्डाल्कलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६७ औँ मिनेटमा फ्लोरिन बालोगुनको पासमा जोसेप विल्लकले गोल गर्दै आर्सनलको अग्रता फेरि दोब्बर बनाए ।
८० औँ मिनेटमा निकोलस पेपेको पासमा फोलारिन बोलोगुनले गोल गर्दै आर्सनलाई जितको नजिक पुर्याएका थिए । ८५ औँ मिनेटमा जोर्डान फ्लोरेसको पासमा सेन होरे गोल गर्दै डुन्डाललाई ४-२ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा आर्सनल विजयी भएको हो ।
जितसँगै आर्सनल ६ खेलमा सतप्रतिशत जित निकाल्दै शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । समुहको अर्को खेलमा रापिड वेन र मोल्डेले २-२ गोलको बराबरी खेले । बराबरीसँगै मोल्डे ७ खेलमा १० अङ्क जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।
