अल नासर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सम्मीलित साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा अल फायहालाई २-० ले तथा समाग्रमा ३-० गोलले हराउँदै अल नासर अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदान अल अवाल पार्कमा भएको खेलमा अल नासरलाई जित दिलाउन ओटाभियो र रोनाल्डोले समान एक/एक गोल गरे । खेलको १७ औं मिनेटमा ओटाभियोले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । ८६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै अल नासर क्वाटरफाइनलमा पुग्दा अल फायहा प्रतियोगिताबाट बाहिरिएको छ । अब अल नासरले सेमिफाइनल प्रवेशको लागि अल-एइनसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *