प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ । शनिबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्ट हाम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलुु मैदानमा भएको खेलमा ३८ औँ मिनेटमा डेक्लान रिसको पासमा टोमास सोउचेकले गोल गर्दै वेस्ट हामलाई खेलमा अगाडी बढाएका थिए । खेलको ६५ औँ मिनेटमा ब्रुनो फेर्नान्डेजको पासमा पाउल पोग्वाले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए ।
६८ औँ मिनेटमा एलेक्स टेल्लेसको पासमा मासोन ग्रिनवुडले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाए । यस्तै ७८ औँ मिनेटमा माटाको पासमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि म्यान्चेस्टर युनाइटेड ३-१ गोलले विजयी भएको हो ।
जितसँगै युनाइटेड १० खेलमा १९ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । पराजित वेस्ट हाम ११ खेलमा १७ अङ्क जोड्दै सातौँ स्थानमा छ ।

