२८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

काठमाडौ । नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले भोलि बुधबारबाट अनिर्वाय अवकास पाउने भएपछि नयाँ आईजीपीमा थापालाई सरकारले नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *