एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शीर्ष क्लब म्यानचेस्टर सिटी, चेल्सी र टोटेन्हाम विजयी भएका छन् । शनिबार राति भएको खेलमा क्रिस्चल प्यालेसलाई १-० गोलले हराउँदै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँग अंक दुरी घटाएको हो ।
सिटीलाई जीत दिलाउन इर्लिंङ ब्राउट हालान्डले निर्णायक गोल गरे । दोस्रो हाफको ७८ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् ।
गएरातिनै भएको अर्को खेलमा चेल्सीले लेस्चर सिटीलाई ३-१ गोलले हराएको हो । किंङ पावर स्टेडियममा भएको खेलमा चेल्सीलाई जीत दिलाउन बेन चिलवेल, काइ हाभेर्ट्ज र माटोयो कोभासिकले समान एक-एक गोल गरे । दस खेलाडीमा समेटिएको लेस्चरको लागि प्याटसन डाकाले एक गोल फर्काए ।
यस्तै अर्को खेलमा टोटेन्हामले नोट्टिन्हाम फरेस्टलाई ३-१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गर्दा ह्युंङ मीन सनले एक गोल थपे । नोट्टिन्हामको लागि जोए वोरलले एक गोल गरे ।
