अर्जेन्टिना विरुद्ध क्रोएसिया : प्लेयर टु वाच

काठमाडौं । फिफा विश्वकप-२०२२ को पहिलो सेमिफाइनल खेलमा आज क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् । पछिल्लो दुई संस्करण उपविजेता दुवै टोलीको नजर ट्रफीमा रहेको छ । यसअघि दुई टोली सन् २०१८ मा रसियामा भएको विश्वकपमा आमनेसामने भएका थिए । उक्त खेलमा क्रोएसिया ३-० गोलले विजयी भएको थियो ।

त्यसैले अर्जेन्टिना आज उक्त खेलको बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ भने क्रोएसिया सोहि लयलाई निरन्तरता दिन चाहन्छ । गत विश्वकपमा झैँ यसपटकपनि क्रोएसियाको यात्रा आश्चर्यजनक छ । ब्राजिलले क्वाटरफाइनलमा सर्वाधिक पाँचपटकको च्याम्पियन तथा उपाधिको बलियो दाबेदार ब्राजिललाई पराजीत गरेको थियो भने अर्जेन्टिनालेपनि नेदरल्यान्ड्सलाई हराउँदै सेमिफाइनलको उत्कृष्ट तयारी गरेको छ ।

प्लेयर टु वाच

१ . लियोनल मेस्सी (अर्जेन्टिना)

अर्जेन्टिनी सुपरस्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी आजको खेलमापनि मुख्य आकर्षण हुनेछन् । आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आजको खेलमापनि सबैको नजर तान्नेमा दुई मत छैन । गत सिजन क्याटलान क्लब छोड्दै पेरिस सेन्ट जर्मन(पीएसजी) पुगेका मेस्सीले गत सिजन सोचेअनुरूप प्रदर्शन गर्न नसकेपनि यस सिजन भने आफ्नो लय समातेका छन् । मेस्सीले अर्जेन्टिनाबाट १ सय ७० खेल खेल्दै ९५ गोल गरेका छन् । जारी विश्वकपमा चार गोल गरिसकेका मेस्सी क्रोएसियाको लागि टाउको दुखाई बन्न सक्छन् ।

२. डोमिनिक लिभाकोभिक

विश्वकपको शुरुवातमा लिभाकोभिक कुनै ठुलो नाम थिएन । सम्भवत उनलाई धेरैले चिन्थेनन् । तर पछिल्लो दुई हप्तामा उनी प्रतिको हेर्ने नजर परिवर्तन भएको छ, कारण पेनाल्टी सुटआउट । उनलाई अन्तिम १८ अन्तर्गत जापान विरुद्ध भएको खेलमा नोटिस भए । निर्धारित र अतिरिक्त समयमा नतिजा नआएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा लिभाकोभिक नायक बने । उनले जापानको तीन पेनाल्टी रोक्दै क्रोएसियालाई क्वाटरफाइनलसम्म डोर्याए । क्वाटरफाइनलमापनि उनको गति रोकिएन । उनले ब्राजिलविरुद्ध भएको क्वाटरफाइनलमापनि एक पेनाल्टी रोके । त्यसअघि अतिरिक्त समयमा नेयमारको गोल खानुअघि ११ सेभ गरेका थिए । यस्तै उनी विश्वकपमा चार पेनाल्टी रोक्ने तेस्रो गोलकिपर बनेका छन् । यदि क्रोएसियाको डिफेन्सले मेस्सीको टोलीलाई रोक्न सक्दैन भने लिभाकोभिकले मात्र सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *