काठमाडौं । कतारमा जारी फिफा विश्वकप फूटबल अन्तर्गत हुने सेमिफाइनल र फाइनल खेलको लागि नयाँ बल सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ ।
यसअघि विश्वकपको बलको नाम ‘अल रिह्ला’ रहेको छ । ‘अल हिल्म’ अब अन्तिम चार खेलमा प्रयोग हुनेछ । दुई सेमिफाइनल, एक फाइनल र एक तेस्रो स्थानको लागि हुने खेलमा उक्त बल प्रयोग गरिनेछ ।
सेमिफाइनल अन्तर्गतका खेलहरु मंगलबारबाट शुरु हुनेछ । फाइनल प्रवेशको लागि अर्जेन्टिना र साविक उपविजेता क्रोएसिया तथा साविक विजेता फ्रान्स र मोरोक्को भिड्दैछन् ।
