पोर्चुगललाई हराउँदै कोरिया नकआउट चरणमा

एजेन्सी । एसियन टोली दक्षिण कोरिया फिफा विश्वकप-२०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति भएको समूहको अन्तिम खेलमा पोर्चुगललाई २-१ गोलले हराउँदै कोरिया नकआउट चरणमा पुगेको हो ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा कोरियालाई जीत दिलाउन योंङ ग्वान किम र हि-चान ह्वांङले समान एक-एक गोल गरे । पोर्चुगलको लागि रिकार्डो होर्टाले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पोर्चुगल पराजीत हुन बाध्य भयो । खेलको पाँचौ मिनेटमा डालोटको पासमा होर्टाले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा किमले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयमा सनको पासमा ह्वांङले गोल गर्दै कोरियालाई २-१ गोलको जीत दिलाए ।

जीतसँगै कोरिया ३ खेलबाट ४ अंक जोड्दै नकआउट चरणमा पुगेको हो । उरुग्वेको पनि समान ४ अंक भएपनि गोलअन्तरमा अगाडि रहँदै कोरिया नकआउट चरणमा पुगेको हो । हारका बाबजुत समान खेलबाट ६ अंक जोडेको पोर्चुगल समूहको शिर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *