एजेन्सी । फरवार्ड रिचार्लिसनले दुई गोल गरेपछि ब्राजिलले फिफा विश्वकपमा विजयी शुरुवात गरेको छ । बिहीबार राति भएको पहिलो चरणको अन्तिम खेलमा सर्बियालाई २-० गोलले हराउँदै ब्राजिलले विश्वकपमा सुखद शुरुवात गरेको हो ।
लुसाइल आइकोनिक स्टेडियममा भएको खेलमा ब्राजिललाई जीत दिलाउन रिचार्लिसनले दोस्रो हाफमा दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई शुरुवाती अग्रता दिलाए । ७३ औं मिनेटमा भिनिसियस जुनियरको क्रसमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० गोलको जीत दिलाएका हुन् ।
जीतसँगै समूह ‘जी’मा रहेको ब्राजिलले तीन अंक जोडेको छ ।