एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ मा बेल्जियमले विजयी शुरुवात गरेको छ । बुधबार राति भएको समूह ‘एफ’को खेलमा क्यानडालाई १-० गोलले हराउँदै बेल्जियमले विश्वकपमा विजयी शुरुवात गरेको हो ।
अहमेद बिन अली स्टेडियममा भएको खेलमा बेल्जियमलाई जीत दिलाउन मिची बात्शुयीले निर्णायक गोल गरे । पहिलो हाफको ४४ औं मिनेटमा बात्शुयीले गोल गर्दै बेल्जियमलाई खेलमा अगाडि बढाएका थिए ।
यसअघि ११ औं मिनेटमा अल्फोन्सो डेभिस पेनाल्टीमा चुक्दा ६४ वर्षपछि विश्वकप खेलेको क्यानडाले शुरुवाती अग्रता लिने मौका गुमाएको थियो । खेलमा क्यानडाले थुप्रै अवसर सिर्जना गरेपनि बेल्जियमका गोलकिपर थियाबोट कर्टियस बाधक बनेका थिए ।
जीतसँगै बेल्जियमले ३ अंक जोडेको छ । बुधबारनै भएको समूहको अर्को खेलमा क्रोएसिया र मोरोक्कोले गोलरहित बराबरी खेल्दै अंक बाढेका थिए ।