यु-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । भारतमा हुने यु-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार साफ खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसीप भारतको जम्शेपुरमा मार्च १५ देखि मार्च २५ सम्म हुनेछ । प्रतियोगितामा मात्र तीन राष्ट्र नेपाल भारत र बंगलादेशको सहभागिता रहेको छ । प्रतियोगिताको अङ्क तालिकाको शिर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले १५ मार्चमा आयोजक भारतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल १७ मार्चमा बंगलादेशसँग खेल्नेछ भने २१ मार्चमा भारत र २३ मार्चमा बंगलादेशसँग खेल्दै प्रतियोगिताको अन्त्य गर्नेछ ।

नेपाली टोली:- सावित्री किसान(गोलकिप्पर), लिला जोशी(गोलकिप्पर), पुजा थापा(गोलकिप्पर), सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिभ्या यसमाली मगर, दिपा शाही, हिमा रावल, सरस्वती हमाल, प्रिती राई, सुनकला राई, अन्जली मचामसी, सराह ब्रजचार्य, जेनिफर राना, सरिश्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई

खेलतालिका:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *